एशियन लाइफद्वारा बीमा रकम भुक्तानी

सुर्खेत । एशियन लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेत शाखाले बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले शनिवार दैलेखको ठाँटीकाँध गाउँपालिकामा मृतक दीपेन्द्र थापाकी श्रीमती लक्ष्मी बोगटीलाई जीवन बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।

थापाको गत जेठ ९ गते दैलेखको गुराँसेमा मिनी ट्रक दुर्घटनामा परी मृत्यु भएको थियो । सो अवसरमा ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले मृतककी श्रीमती बोगटीलाई दुर्घटना लाभ तथा बोनससहित मृत्यु दाबीको २० लाख ५३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

मृतक थापाले एशियन लाइफमा १० लाख रुपैयाँको जीवन बीमा गरेको एशियन लाइफका सिनियर बिजनेश म्यानेजर मिलन श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकले बीमा गरेको पहिलो किस्ता ८१ हजार रुपैयाँ मात्र कम्पनीमा बुझाएका थिए । औषधि व्यवसायी मृतक थापाकी एक मात्र ७ महीनाकी छोरी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री