बजेट नदिएको आक्रोश, अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं । समानुपातिक सांसदहरुलाई स्थानीय पूर्वाधार बजेटबाट बञ्चित गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा मागिएको छ । मंगलबार बसेको प्रतिनिसिभा बैठकको शून्य समयमा बोल्दै समाजवादी पार्टी नेपालीका सांसद रेणुका गुरुङले अर्थमन्त्री खतिवडाको राजीनामा मागेकी हुन् ।

प्रतिनिधि सभाका ११० जना समानुपातिक सांसदमाथि विभेद गरिएको आरोप लगाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल डा. खतिवडाको राजीनामा माग्नुपर्ने बताइन्। सांसद गुरुङ तत्कालीन संघीय समाजवादी फोरमबाट समानुपातिक सांसद बनेकी हुन्।

‘प्रत्यक्ष र समानुपातिक सांसदको काम कर्तव्य र अधिकार एउटै हुन्छ भन्ने हेक्का नभएका अर्थमन्त्री पदमा बसिरहन योग्य छैनन्’, गुरुङले भनिन्, ‘११० समानुपातिक सांसदलाई नियतवश बजेटबाट बञ्चित गरेर विभेद गरेकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’

सांसद गुरुङले स्थानीय पूर्वाधार बजेटमा समानुपातिक सांसदको पनि हक रहेको बताउँदै अर्थमन्त्री आफूहरुलाई सांसद नै नमानेको गुनासो गरिन्। यो आर्थिक वर्षमा सरकारले स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुका लागि जनही ६ करोड रुपैयाँ विनियिोजन गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस