सिद्धार्थ बैंक र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजी कलेज बीच कर्जा सम्झौता

काठमाडौँ ।  सिद्धार्थ   बैंक  र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजि कलेज बीच बैंकिङ सम्झौता भएको छ ।

सम्झौता अनुसार काठमाडौं स्थित मिनभवनमा रहेको उक्त कलेजमा फूड तथा डेरि टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा २% मात्र प्रिमियम जोडि हुन आउने व्याज दरमा शैक्षिक कर्जा प्रवाह गर्नेछ ।उक्त व्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा ५% सहुलियत प्रदान गर्नेछ ।

बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्घार्थ बैंक लिमिटेडको सम्पूर्ण शाखाहरु मार्फत उपलव्ध गराउने जनाएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस