स्वावलम्बन लघुवित्तले माग्यो ५० कर्मचारी

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

संस्थाको आज प्रकाशित  विज्ञापनमा कार्यालयको शाखा र उपशाखाहरुभित्र न्यूनतम शैक्षिक योग्यता एलएलसी र एसईईसहरको परीक्षामा  उत्तीर्ण उम्मेदवारलाई उक्त पदका लागि दरखास्त दिन योग्य मानिएको छ ।

सहायक प्रशिक्षार्थी पदका लागि कम्तीमा ३ महिना र ७५ दिन र १८० घन्टाको आधारभूत कम्प्युटर सञ्चालन प्रमाणपत्र  प्राप्त गरेको वा १०० अंकको कम्प्युटर विषय उत्तीर्ण भएको हुनुपर्नेछ ।

यसका साथै लघुवित्त संस्थाहरुकामा काम गरेको अनुभव भएकाहरुलाई कार्यालयले प्राथमिकता दिनेछ । उम्मेदवारले लिखित परीक्षा, फिल्ड अवधारणा र कम्प्युटर सञ्चालनसम्बन्धी प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता दिनुपर्नेछ ।

उम्मेदवारको उमेरको हकमा पुरुषका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाका हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ । उम्मेदवारहरुले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र केन्द्रीय कार्यालयसहित इलाका कार्यालयहरु बिर्तामोड, इटहरी, लहान, बर्दिबास र वीरगन्ज तथा शाखा र उपशाखाहरु ताप्लेजुङ, फिदिम, इलाम, फिक्कल–इलाम, म्याङ्लुङ–तेह्रथुम, हिले–धनकुटा, ओलढुंगा, मानेभन्ज्याङ–ओखलढुंगा, सल्लेरी–सोलुखुम्बु र मन्थली–रामेछापमा आफ्नो आवेदन पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री