चितवन । मुग्लिन–नारायणघाट सडकमा बस र ट्याङ्कर ठोक्किदा १८ घाइते भएका छन् । आइतबार काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना१क ६४११ नम्बरको ट्याङकर र गोरखाबाट काठमाडौं जाँदै गरेको ना४ख१४०४७ नम्बरको बस पृथ्वीराजमार्गको इच्छाकामना ३ चुम्लिङटारमा आज बिहान ११: बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।
घाइतेमध्ये चारको अवस्था गम्भिर रहेको जनाइएको छ । घाइतेमध्ये ६ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
तपाईंको प्रतिकृया



