काठमाडाैा । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ऋण थपिँदै गएको छ। ४५६ मेगावाट क्षमताको आयोजना निर्माण समयावधि लम्बिँदै जाँदा व्याजसहितको व्ययभार बढ्दै गएको हो। सुरूमा तामाकोसी बनाउन ३५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। त्यसमा ब्याज जोडिएको थिएन।
आयोजनाले कर्मचारी संचय कोषबाट १० अर्ब, टेलिकमबाट ६, नागरिक लगानी कोषबाट २ र बीमा संस्थानबाट २ गरी २० अर्ब ऋण जुटाएको थियो। त्योबाहेक ११ अर्ब ८ करोड सरकारको (विद्युत प्राधिकरणमार्फत) गरी कुल ३१ अर्ब ८ करोड ऋण जुटेको थियो। १० अर्ब ५९ करोड रुपैयाँको सेयर जारी गरी ४१ अर्ब ६७ करोड रुपैयाँ लगानी भइसकेको छ।
सो रकमले नपुगेपछि आयोजनाले नविल बैंकबाट २, विद्युत प्राधिकरणबाट १ र संचय कोषबाट १ अर्ब ऋण थपेको छ। कोषले अर्को १ अर्ब ऋण दिँदैछ। आयोजनाका वित्तीय व्यवस्थापन अधिकृत सुरेश खकुरेलले छोटो अवधिका लागि यो ऋण लिइएको जानकारी दिए।




