काठमाडाैँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मोरङको विराटचोकमा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै विराटचोकमा नयाँ शोरुम मनकामना अटोमोबाइल्स सञ्चालन गरेको हो ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स, सेवा तथा एक्सेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई थप सुविधासहित गुणस्तरीय तथा छिटो सुविधा पुरयाउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने, “हामी मोरङको विराटचोकमा नयाँ शोरुम सञ्चालन भएको घोषणा गर्दा अत्यन्तै खुसी छौं । ग्राहकहरुको बढ्दो मागकै कारण हामीलाई विराटचोकमा नयाँ शोरुम सञ्चालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै मोरङका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।”




