आजकाे मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । देशका पूर्वी र मध्य भूभाग र पश्चिमी पहाडी भूभागमा शुक्रबार आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी बाहेक अन्य स्थानको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

देशका पूर्वी र मध्य भूभागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री