सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लोकतन्त्रविरोधी’ सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको अन्तरक्रियामा देउवाले वर्तमान सरकार चरणबद्ध ढंगले लोकतन्त्रविरोधी गतिविधिमा लागिरहेको आरोप लगाए ।

सरकारले संघीयतालाई अपमान र बेवास्ता गरेर बजेट ल्याएको उनको टिप्पणी थियो । कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले प्रजातान्त्रिक मूल्य–मान्यताविरुद्धका गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।

महामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्र कुनै रणनीति नभइ कांग्रेसको विश्वास भएको धारणा राखे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री