महालक्ष्मी विकास बैंकका थप २ शाखा सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १५ स्थित डल्लु शाखाको जेठ ६ र वडा नं १६ स्थित नयाँबजार शाखाको जेठ १२ गते उद्घाटन गरेको छ । डल्लुशाखाको काठमाडौं निर्वाचन क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठले र नयाँँबजार शाखाको बैंकका सञ्चालक समितिका सदस्य राजेशकुमार रौनियारले उद्घाटन गरेका हुन् ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताएका छन् । उनले महालक्ष्मी विकास बैंकले ग्राहक हितलाई ध्यानमा राखी वचत परिचालन योजना कार्यान्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री