राजधानीका विभिन्न ठाउँमा बम विस्फाेट : मृत्यु हुनेकाे स‌ंख्या ४ पुग्याे

काठमाडौं । प्रतिबन्धित नेकपा (नेत्रविक्रम चन्द ‘विप्लव’ समूह) ले आइतबार साँझ राजधानीका विभिन्न ठाउँमा बम विस्फाेट गराउँदा मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ ।

शृङ्खलाबद्ध रुपमा भएका बम विस्फोटनका घटनामा परी काठमाडौंको सुकेधारा, घट्टेकुलोमा गरी चार जनाको मृत्यु भएको हाे । चन्द्रागिरीस्थित थानकाेटमा समेत विस्फाेट हुँदा ८ जना घाइते भएका छन् ।

आइतबार सुकेधाराकाे नीलो पुलस्थित एक शैलुनमा ग्यास सिलिन्डर बम विस्फोट हुँदा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । एककाे घटनास्थलमै तथा दुईजनाकाे आेम हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकाे हाे । यसैगरी अनामनगरको घट्टेकुलोस्थित एक घरकाे काेठामा कुकर बम विस्फाेट हुँदा एक जनाकाे मृत्यु भयाे । दुबै घटनामा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीको प्रारम्भिक दाबी थियाे । आइतबार नै साँझ चन्द्रगिरी नगरपालिका– ३ स्थित इँटाभट्टा चोकमा अर्काे कुकर बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

यी तीनै घटनामा बम बनाउने क्रममा या व्यवस्थित गर्ने क्रममा विस्फाेट भएकाे प्रहरीले जनाएकाे छ । इटाभट्टा चाेकमा प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विस्फोट भएकाे र त्यसमा परी घाइते हुनेमध्ये आकाश लामा र अर्का एक पहिचान नखुलेको व्यक्ति रहेका छन् ।

सुकेधारा विस्फोटका मृत्यु हुने २ काे पहिचान खुलेकाे छ, जसअनुसार कपनको मिलनचोकमा बस्दै आएका ४४ वर्षीय हरि खड्का र कपनकै चुनिखेल निवासी सुरेन्द्र महर्जन रहेकाे प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजना नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन रहेका छन् । उनले बम बनाउने क्रममा विस्फोट भएको प्रहरीसमक्ष वयान दिएका छन् । घाइते अन्यमा शैलुन सञ्चालक मोहत्तरीका ५९ वर्षीय ठाकुर र कपनमा बस्दै आएका विष्णु खड्का रहेका छन् । उता घट्टेकुलो विस्फोटमा परी मृत्यु हुने प्रज्वल शाही र घाइते रविन केसी रहेका छन् । केसी विप्लव समूह सम्बद्ध विद्यार्थी संगठन त्रिचन्द्र इकाई अध्यक्ष रहेकाे समेत खुलेकाे छ ।

आइतबार नै ललितपुरकाे लगनखेल, ग्वार्को, सातदोबाटोलगायतका स्थानमा पनि शंकास्पद वस्तु भेटिएका थिए । नेपाली सेनाकाे टाेलीले ती स्थानमा राखिएका बम तथा शंकास्पद वस्तु डिस्पाेज गरेकाे थियाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after