ट्रम्प ‘सन्की’ राष्ट्रपतिः इरान

तेहरान । इरानका एक वरिष्ठ अधिकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई ‘सन्काहा’ राष्ट्रपतिको संज्ञा दिएका छन् ।  इरानी संसदका विदेश मामिला निर्देशक हुसेन आमिर–अब्दुलाहियानले एक अमेरिकी न्युज च्यानललाई दिएको साक्षात्कारमा ट्रम्पलाई ‘सन्काहा’ को संज्ञा दिएका हुन् । उनले साक्षात्कारका क्रममा ट्रम्पको प्रशासन ‘भ्रमित’ रहेको पनि आरोप लगाएका छन् ।

ट्रम्पले आइतबार शिलशिलेबार ट्विट गरेर इरानलाई अमेरिका विरुद्ध धम्की नदिन सचेत गराएका थिए । उनले तेहरानले युद्ध चाहे इस्लामिक मुलुक इराकको ‘आधिकारिक अन्त्य’ हुने चेतावनीसमेत दिएका थिए ।   इरानी संसदका विदेश मामिला निर्देशक हुसेनले तेहरानविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति नदिन सचेत गराउँदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई इरानसँग वार्ता गर्ने चाहना भए सम्मान दर्शाउँदै स्थिर सन्देशमा कायम रहन सुझाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस