६ घण्टाको अवधिमा  छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं ।  करिब ६ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १६:१० बजेदेखि राति २२:४५ बजेसम्मको सो अवधिमा दाङ, बाँके, कपिलवस्तु, नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र सिराहामा भएका दुर्घटनामा परी ६ जनाको ज्यान गएको  हो ।

 दुर्घटनामध्ये दाङ दंगिशरण गाउँपालिका.६ श्रीगाँउस्थित सडकमा ग.१ ज ५६६४ नम्बरको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने देवीलाल पुनको ७ वर्षीय छोरा किरण पुनको प्राथमिक स्वास्थ्य केन्द्र बागरमा उपचारको क्रममा मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै बाँके राप्ती सोनारी गाउँपालिका-१ स्थित सडकमा रा.१ क ८५० नम्बरको ट्रकले भे.६ प ९८२३ नम्बरको मोटरसाइकल र साईकलयात्रीलाई ठक्कर दिंदा गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय गोबिन्द कुमालको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय बिनोद वली, मोटरसाइकलमा सवार २८ वर्षीय हिम बहादुर कुमाल र २५ वर्षीय गणेश कुमालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका.९ स्थित सडकमा लु.९ प ४६६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मायादेवी.७ वतनपुर बस्ने ४० वर्षीय सर्वजित यादव र मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका.६ रमुवापुर बस्ने ३५ वर्षीय सेतु यादवको जिल्ला अस्पतालमा तौलिहवामा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ ।

यसैगरी नवलपरासी(बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका.१० अरुणखोला-दुम्किबास जङ्गलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सिराहा धनगढीमाई नगरपालिका-११ सोनापुरस्थित सडकमा ना.३ ख ६९७८ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बरियारपट्टी गाउँपालिका.४ बस्ने ८० वर्षीय देवीलाल यादवलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भऐको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रक क्लाइम्बिङ गर्दा लडेर एक युवाको मृत्यु

काठमाडौं । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस