भारतमा ३०० वटा याक एकैपटक मारिए

बीबीसी । चीनसँगको सीमा क्षेत्रस्थित भारतको सिक्किममा तीनसय याकहरु मृत अवस्थामा फेला परेका छन् । हिमपहिरोका कारण लामो सयमसम्म दुर्गम क्षेत्रमा फसेपछि खान नपाएरै तिनको मृत्यु भएको सरकारी अधिकारी राज यादवले बताएका हुन् ।

गत डिसेम्बरदेखि नै ती याकहरु फसेका थिए जसबीच सम्बन्धित निकायहरुले तिनका लागि खाना झार्न खोजेका थिए तर खराब मौसमका कारण हेलिकप्टर उड्न नसकेपछि यसमा अवरोध पुगेको हो । यस्तोमा शुक्रबार मात्र तीन सय याकहरु एकैपटक मृत अवस्थामा फेला परेका हुन् ।

सो क्षेत्रमा याकहरु हजारौँ वर्षदेखि रहँदै आएका छन् जहाँ तिनलाई मासु, दूध र सवारीका लागि प्रयोग गरिन्छ । यादव भन्छन, “सो क्षेत्रको पहिरो पाँच दिन अगाडि मात्र हटाइएको थियो जसपछि हाम्रो टोली तिनीहरु भएसम्म हिँडेर जाँदैगर्दा घटनाबारे थाहा भएको हो ।”

प्रत्येक वर्ष १० देखि १५ वटा याकहरु मर्ने गरेपनि यसपटकको सङ्ख्या भने अहिलेसम्मकै सबैभन्दा उच्च रेकर्ड रहेको बताइएको छ ।  यसरी त्यही क्षेत्रमा अझै थप ५० याकहरु पनि फसिरहेको बताइएको छ जसको उद्धारको काम पनि भइरहेको बताइएको हो ।  यादवका अनुसार सो घटनाप्रति पनि तत्कालै ध्यानाकर्षण गर्न जरुरी छ । यसरी मृत याकका मालिकहरुले क्षतिपूर्ति स्वरुप प्रति याक ३० हजार भारु प्राप्त गरेका हुन् जसमा अधिकतममा पनि एक परिवारसँग तीन याक हुने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस