राष्ट्रिय गौरवका आयोजनाको निर्माण गति शून्य, मन्त्रालय र सरोकारवालासँग जानकारी माग गरिने

काठमाडौं। राष्ट्रिय गौरवका आयोजनाको निर्माण गति शून्य देखिएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चारवटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय गरेको छ । समितिको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौं–तराई–मधेस द्रुतमार्ग र जनता आवास कार्यक्रमबारे सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका पदाधिकारीसँग जानकारी लिने सभापति दिलकुमारी रावलले जानकारी दिइन् ।

सदस्यहरूले मुलुकका राष्ट्रिय गौरवका २१ वटा आयोजनाको समग्र वस्तुस्थिति, देखिएको चुनौती र कार्यान्वयनको अवस्थाबारे गरिएको अध्ययनसम्बन्धी जानकारी बैठकमा प्रस्तुत गरेका थिए । राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजना इटाली निर्माण कम्पनीले छोडेर गएपछि कुन ढाँचाबाट अघि बढाउने भन्ने सरकारबाट निर्णय नभएको हुँदा निर्माणको गति शून्य रहेको सदस्य सुरेन्द्रराज पाण्डेले बताए ।

‘कर्णालीलगायतका हिमाली क्षेत्रका आयोजना ढिलो सुरु हुने र जाडोका कारण कात्तिकपछि काम गर्न नसकिने हुँदा पूर्वाधार निर्माणका लागि विनियोजित रकम कात्तिक महिनासम्म निष्क्रिय नहुने व्यवस्था गर्न समितिले सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनले बताए । अर्का सदस्य खिमलाल भट्टराईले लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन पूरा गर्न बाँकी रहेको ३० प्रतिशत कामका लागि ६ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस