हैदराबादलाई हराउँदै दिल्ली पुग्यो क्वालिफायरमा

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको एलिमिनेटरमा जित निकाल्दै दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

विसाखापट्नममा भएको खेलमा दिल्लीसँग दुई विकेटले पराजित भएको सनराइजर्स हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।

हैदराबादले प्रस्तुत गरेको १६३ रनको लक्ष्य दिल्लीले एक बल बाँकी हुँदा ८ विकेटको क्षतिमा भेट्टायो । रोमाञ्चक खेलमा दिल्लीको जितमा पृथ्वी शव र ऋषभ पन्तको भूमिका महत्वपूर्ण रह्यो ।

पृथ्वीले ३८ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५६ तथा पन्तले २१ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४९ रनको योगदान दिए । हैदराबादका भूवनेश्वर कुमार, खलील अहमद र रशिद खानले दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको हैदराबादले ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । उसका लागि मार्टिन गुप्टिलले १९ बलमा ३६, मयंक पाण्डेयले ३६ बलमा ३०, केन विलियम्सनले २७ बलमा २८, विजय शंकरले ११ बलमा २५ तथा मोहम्मद नाबीले १३ बलमा २० रनको योगदान दिएका थिए । दिल्लीका कीमो पलले तीन तथा इशान्त शर्माले दुई विकेट लिए ।

जित निकालेको दिल्लीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग खेल्ने छ । दोस्रो क्वालिफायर शुक्रबार हुनेछ । यो खेलको विजेताले उपाधिका लागि मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस