नवनियुक्त शिक्षा तथा विज्ञान प्रविधिमन्त्री अशोक राई शुक्रबार मन्त्रालयमा पदबहाली गर्नुहुँदै। तस्बिरः हरिराम भेटुवाल/ रासस

सरकारमा सहभागी हुँदै जसपा, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै जसपा सरकारमा सहभागी हुने भएको हो ।

राई नेतृत्वको जसपाले तीन जनालाई सरकारमा पठाउने तयारी गरेको छ । जसपा महासचिव इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झा सरकारमा सहभागी हुनेछन् । ‘प्रधानमन्त्रीले नाम माग्नुभयो । हामीले तीन जनाको नाम पठाएका छौँ,’ उनले भने ।

यादव स्वास्थ्यमन्त्री, खान राज्यमन्त्री र झा विनाविभागीयमन्त्री बन्ने बुझिएको छ । उनीहरूको शपथ सम्भव भए आज साँझ वा मंगलबार बिहान हुने गरी तयारी भइरहेको छ ।

सरकारमा सहभागी जसपा नेपालका अध्यक्ष यादव र दीपक कार्कीले पदबाट आजै राजीनामा दिइसकेका छन् । पार्टी फुटेपछि राई नेतृत्वको जसपामा लागेका नवलकिशोर साह सुडी यसअघि नै वन तथा वातावरण मन्त्री छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतको मुम्बईमा भिषण वर्षा, विद्यालय र कलेज बन्द

काठमाडौं । भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । भारतको आर्थिक राजधानी भनेर …

प्रतिकृया दिनुहॊस