ज्योति विकास बैंकद्वारा १५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कपिल ढकालले कर्मचारीहरुलाई सम्मानित गर्नुका साथै कर्मचारीहरुको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गरेका छन्। सम्मानित भएका कर्मचारीमा विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होम कुमारी बस्नेत छन् ।

कार्यक्रममा सीईओ ढकालले कर्मचारीहरूले वर्षौंदेखि बैंकमा गरेको समर्पणप्रति आभार व्यक्त गरेका थिए ।

कम्पनीले आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको भन्दै नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको बताएको छ ।

सोहि उद्धेष्य अनुरुप कम्पनीले हालैमात्र १५ जना शारीरिक रुपले भिन्न रुपमा सक्षम नागरिकलाई कृत्रिम हात प्रदान गरेको थियो। कम्पनीले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस