काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सर्वथा पहिलो ग्लोबल बेल्ट एण्ड रोड रिले काठमाडौं हुँदै अघि बढेको छ ।
बैंकले संचालन गरेको सर्वथा पहिलो ग्लोबल बेल्ट एण्ड रोड रिले वैशाख २६ गते काठमाडौं आइपुगेको हो । ९० दिनको अवधिमा ४४ वटा बजारहरुको दौड लगाउने लक्ष्यका साथ स्ट्याण्डर्ड चार्टर्ड हङकङ म्याराथनसँगको संयोजनमा हङकङबाट शुरु भएको यो रिले चीनमा पुगेर समाप्त हुनेछ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक–नेपालका कर्मचारीहरु, एशिया, अफ्रिका, मध्यपूर्व र युरोपमा रहेको बैंकको विविध क्षेत्रहरुबाट छानिएका ८ जना स्टाफ एथलेट्सहरुको साथ मिलेर सशस्त्र प्रहरीको खेल मैदान, हलचोकमा ५ किलोमिटर दौडमा सहभागी भएका छन् । नेपाल बेल्ट एण्ड रोड रिलेको ४३ औं बजार हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक–नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तीदारले भने, “बेल्ट एण्ड रोड स्ट्याण्डर्ड चार्टर्ड बैंकको लागि अत्यन्त महत्वको विषय हो, किनकी हाम्रो पदचिन्हहरुले बेल्ट एण्ड रोडको २ तिहाई बजार समेटेको छ । म यो पहललाई लिएर वास्तवमै अत्यन्त उत्साहित एवं आशावादी छु किनकी यसले नेपाललाई एक देशको रुपमा रणनीतिक हिसाबले समावेश गरेको छ । विश्वव्यापी रुपमा बैंक विभिन्न उत्पादनहरु र सेवाहरुको साथमा युएस डलर १० विलियनभन्दा धेरै मुल्यका ५० भन्दा बढी बेल्ट एण्ड रोड कारोबारहरुमा संलग्न रहँदै आएको छ ।”
बेल्ट एण्ड रोड पहल युरोप, एशिया र अफ्रिका महादेशका राष्ट्रहरुमा विश्व सम्बन्ध र भाइचारा विस्तार गर्ने उद्देश्यका साथ विभिन्न पूर्वाधारहरु सम्बन्धी आयोजनाहरुमा संलग्न हुने र लगानी गर्ने गरी चीन सरकारले स्वामित्व ग्रहण गरेको एक विकास रणनीति हो ।
यसले ६० भन्दा बढी राष्ट्रहरुलाई ती राष्ट्रहरुमा रहेको पूर्वाधारको अभाव र आर्थिक वृद्धि बढाउने सम्बन्धमा सम्बोधन गर्ने गरी समेट्दछ । सन् २०१७ मा स्ट्याण्डर्ड चार्टर्ड बैंकले सन् २०२० सम्ममा बेल्ट एण्ड रोडका आयोजनाहरुमा कम्तीमा २० विलियन युएस डलरको थप लगानी जुटाउने प्रतिबद्धता जाहेर गरेको थियो ।
सोही अवसरमा बैंकका सिइओ सहित एथलेट्हरुले संयुक्त रुपमा नेपालका लागि स्ट्याण्डर्ड चार्टर्डका भविष्य निर्माताहरु पनि सार्वजनिक गरेका थिए । यो बैंकको लागि विश्वव्यापी रुपमा नयाँ पञ्च वषर््ािय पहल हो । बैंकले तीनवटा आधार स्तम्भहरु शिक्षा, रोजगार र उद्यमशीलताको क्षेत्रमा स्ट्याण्डर्ड चार्टर्डद्वारा भविष्य निर्माताहरु माथि काम गर्ने तयारी गरिरहेको छ ।
प्रतिकृया दिनुहॊस