लुम्बिनी जनरल इन्स्योरेन्स साधारण सभाः २०% हकप्रद शेयर जारी गर्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बिशेष साधारण सभा सम्पन्न गरेको छ ।

सभाले कम्पनीको हालको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने र हालको चुक्ता पूँजी ८८ करोडको २०% हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

आ.ब. २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बिमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूंजी पूरा गर्ने योजना रहेपनि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस शेयर जारी गर्न नसकिने अबस्था आएको बताएको छ ।

कम्पनीले सोको बिकल्पमा १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको व्यहोरा अध्यक्ष मनोहर दास मूलले सभालाई जानकारी गराएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप