सिद्धार्थ इन्स्योरेन्सको एकै दिन दुई नयाँ शाखा संचालनमा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले काठमाडौंको स्वयम्भु तथा बुटवलको ट्राफिक चोकमा आफ्नो शाखाहरु संचालनमा ल्याएको छ ।

स्वयम्भु शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, उप प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ एवं नायव महा प्रबन्धक मुरारी रेग्मीद्वारा संयुक्त रुपमा शाखा सञ्चालनको शुभारम्भ भएको छ ।

ट्राफिक चोक बुटवल शाखाको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले शाखाको शुभारम्भ गरे ।

समारोहमा स्थानिय स्तरका बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले अहिले सम्म ७४ वटा शाखा सञ्जाल मार्फत स्तरिय बिमा सेवा प्रदान गर्दै आएको बताउँदै भबिष्यमा अझ प्रभावकारी रुपमा बिमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफका ४०० बढी अभिकर्ताहरूले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। का अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ …

प्रतिकृया दिनुहॊस