गण्डकी विकास बैंकको “गण्डकी स्मार्ट” सञ्चालनमा

काठमाडौं । ण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट मोवाइलवाट चलाउन सकिने उक्त सेवा भित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोवाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन् ।

जीपीआरएस–वाईफाई इन्टरनेट वा एसएमएस माध्यमवाट चलाउन सकिने उक्त सेवावाट बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्यू आर कोड, क्यूआर कोड पेमेन्ट, बिद्युत महशुल भुक्तानी, खानेपानी महशुल भुक्तानी, गण्डकी विकास बैंक भित्र वा अन्य सदस्य बैंकहरुमा रकमान्तरण सुविधा, मोवाइल टपअप, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट विल, एयरलायन्स टिकट खरिद, बैंक शाखा तथा एटीएम रहेका स्थान विवरण, खाताको विवरण डाउन्लोड सुविधा लगायतका विभिन्न सेवाहरु रहेका छन् ।

प्रविधिमा आएको विकाससँगै बैंकका सेवा सुविधालाई छिटो छरितो र स्तरीय बनाउन बैंक प्रतिबद्धताको निरन्तरता स्वरुप यो सेवा सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after