प्रधानमन्त्रीको बोलीले संसदमा हंगामा

काठमाडौं ।सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी सांसदहरूले आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् ।सभामुखले ध्यानाकर्षण भएको बताए तर, रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिए ।

त्यसपछि कांग्रेस सांसद र प्रधानमन्त्री ओलीबीच जुहारी चल्यो । रोष्ट्रमबाट प्रधानमन्त्रीले भने, रेकर्ड खोलेर सुनियोस् ।’

जवाफमा कांग्रेस सांसदहरुले चुनौती दिए । प्रधानमन्त्रीले प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्ने प्रश्न गरे । प्रधानमन्त्री र विपक्षी सांसदहरुबचि जुहारी चलिरहँदा सभामुख भने निरिह देखिए । उनले न त विपक्षी सांसदहरुलाई चित्त बुझाउन सके न प्रधानमन्त्रीलाई रोक्न सके । कांग्रेस सांसदहरुको नाराबाजीकै बीच प्रधानमन्त्री ओलीले जवाफ दिए ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रधान कार्यालयका अनुसार जेठ महिनाको …

प्रतिकृया दिनुहॊस