नेपाली कांग्रेस’ जागरण अभियानको दिउँसो १ बजे एकैपटक उद्घाटन

काठमाडौं । लामो समयको रस्साकस्सी र आन्तरिक तालमेल मिलाउँदा मिलाउँदै २०७४ सालको निर्वाचनबाट दोस्रो दलमा  सीमित हुन पुगेको नेपाली काँग्रेसले आफूलाई पुनः सशक्त दलको रुपमा उभ्याउन बुधबार अर्थात् आजदेखि देशभर राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ ।

काँग्रेस पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार ७७ वटै जिल्लामा दिउँसो १ बजे एकैपटक राष्ट्रिय जागरण अभियानको उद्घाटन हुँदैछ । पौडेलले भने, ‘७७ वटै जिल्लामा एउटै समय पार्न खोजिएको हो ।  केही कारणले १५ मिनेट आधाघण्टा तलमाथि हुन सक्छ ।’

कांग्रेसले अभियानलाई ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ नारा दिएको छ । जागरण अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि नै पुगेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमलाई पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले वताए । तीन चरणमा हुने अभियानको प्रथम चरण आजदेखि सुरु भई आगामी जेठ २५ गते समापन हुनेछ । विभिन्न १५ बुँदे विषय उठाउँदै काँग्रेस देशव्यापी अभियानमा उत्रिएको छ ।

सात प्रदेशमा वरिष्ठ नेताहरुले उद्घाटन गर्दैछन् । प्रदेश १ को सुनसरीमा उपसभापति विजयकुमार गच्छेदारले अभियानको उद्घाटन गर्नेछन् भने

प्रदेश १ कै विराटनगरमा नेता कृष्णप्रसाद सिटौलाले, प्रदेश २ को जनकपुरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले, प्रदेश ४ को पोखरामा महामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नेछन् ।  प्रदेश ५ को बुटवलमा अर्का महामन्त्री डा शशांक कोइराला, प्रदेश ६ को सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र प्रदेश ७ को धनगढीमा उपसभापति विमलेन्द्र निधिले उद्घाटन गर्ने छन् त्यसैगरी  ७० जिल्लामा भने पार्टीले पहिले नै तय गरेका केन्द्रीय प्रतिनिधिहरूबाटै अभियान उद्घाटन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कांग्रेसले जागरण अभियानबाटै पार्टीका कार्यक्रमलाई भद्दा हुनबाट रोक्न भन्दै प्रमुख वक्ता, महिला वक्ता र कार्यक्रमका सभापतिलाई मात्रै वक्ताका रूपमा राख्ने  मुख्य पौडेलले जानकारी दिएका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० सदस्य थपिए

काठमाडौं- नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० जना सदस्य थपिएका …

प्रतिकृया दिनुहॊस