बंगलादेश बैंकको नाफा बढ्यो

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा करिब ५५ प्रतिशतले बढेको छ ।

चालु आ.व.को चैत महिनासम्म बैंकको नाफा अघिल्लो वर्षको सोही समयकोभन्दा ५४.६६ प्रतिशतले बढेर १ अर्ब १४ करोड पुगेको हो ।

अघिल्लो वर्ष बैंकको नाफा ७३ करोड ८० लाखमा सीमित थियो । बैंकको ब्याज आम्दानी १ अर्ब ३९ करोडबाट बढेर २ अर्ब ११ करोड पुर्याएको छ । आम्दानीसँगै बैंकको कर्मचारी खर्च ४७ करोडबाट बढेर ७२ करोड पुगेको छ ।

बैंकले चैत मसान्तसम्म ५५ अर्ब ८७ करोड निक्षेप संकलन गरी ५१ अर्ब ५२ करोड रुपैंया कर्जा प्रवाह गर्दा सीसीडी अनुपात ७८.५० प्रतिशत पुगेको छ ।

बैंकको कस्ट अफ फण्ड ७.६६ प्रतिशत, आधार ब्याजदर १०.६९ प्रतिशत तथा ब्याजको स्प्रेडदर ४.७१ प्रतिशत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री