प्रभु बैंकको नाफा ५८% ले बढ्यो

काठमाडौं। प्रभु बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा ५८ प्रतिशतले नाफा बढाएको छ। बैंकले ९ महिनाको अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा ९१ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकले गत वर्षको तुलनामा ३५ प्रतिशतले व्याज आम्दानी बढाएको छ भने व्याज खर्च १७ प्रतिशत मात्रै बढेको छ। ९ महिनाको अवधिमा ८ अर्ब एक करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने व्याज खर्च चार अर्ब ६४ करोड रुपैयाँ छ।

निक्षेप संकलन र ऋण लगानीमा सन्तुलन कायम गरेको बैंकले निक्षेप संकलन २२ प्रतिशलते बढाउँदा ऋण लगानी २१ प्रतिशतले वृद्धि गरेको छ। बैंकले ९ महिनाको अवधिमा एक खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८९ अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

बैंकको आधार व्याजदर १.५५ प्रतिशतले घटेर ९.१६ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकको व्याजदर गणना विधि र गैर व्यावसायिक कर्जाको धेरै हुँदा आधार व्याजदर तुलनात्मक रुपमा घट्न सफल भएको बैंकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds