एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा जेठ १४ गते

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा जेठ १४ गते हुने भएको छ । कम्पनीको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा हाल कायम रहेको चुक्तापूँजी ६० प्रतिशत (१०ः६ अनुपातमा) हकप्रद शेयर जारी गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका जेठ ६ गते १ दिन बन्द रहनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ४ लाख रहेको छ । ६० प्रतिशत हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्बभन्दा बढी पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । सोही अनुसार पूँजी वृद्धिका लागि कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफका ४०० बढी अभिकर्ताहरूले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। का अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ …

प्रतिकृया दिनुहॊस