ओपोद्वारा मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशन सार्वजनिक

काठमाडौं ।ओपोले मार्वेल्ससंगको सहकार्यमा को–ब्राण्डेड उत्पादन ओपो एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशन नेपाली बजारमा विक्रि  सुरु गरेको छ । कम्पनीले छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्स ईन्डगेमको स्क्रिनिङसंगै गरेको हो । अन्तरराष्ट्रिय ब्राण्डका रुपमा स्थापित हुनु र विश्वभरका यूवा जमातसंग सटिक संवाद गर्ने आफ्नो उद्देश्यसहित ओपोले लोकप्रिय संस्कृति र कला सम्बद्ध विषयसँग साझेदारी तथा पहलहरु गरिरहेको छ ।

यस्तै साझेदारी तथा पहलको सटिक उदाहरणका रुपमा एफ११ प्रो मार्वेल्स एभेन्जर्स एडिशनलाई लिन सकिन्छ । धेरै ठूलो युवा जमातले प्रतिकात्मक तथा शक्तिशाली मार्वेल स्टुडियोका एभेन्जर्सलाई आदर्शित गर्ने गरेका छन्। यही कुरालाई विशेष ध्यानमा राखि युवा मार्वेल फ्यानहरुका लागि केही विशेष कोशेली दिने सोचका साथ मोर्वेल स्टुडियोजसंग यो सहकार्य गरेको ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओको भनाइ छ।

एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशनको रंग, स्पेस ब्ल्यू , चलचित्र एभेन्जर्स ः ईण्डगेमबाट प्रेरित छ। फोनमा रहेको नीलो ब्याकग्राउण्ड आकर्षक हेक्सागोनल ढाँचाबाट छोपिएको छ र ब्याक कभरमा ओप्पोको सिग्नेचर ग्राडियण्ट ईफेक्ट दिइएको छ ।

परिवर्तनशील तथा रहस्यमय ब्रम्हाण्ड झैँ विचको स्टिल ब्ल्यूबाट दुबै तर्फ मिडनाइट ब्ल्यूमा फोनमा प्रयोग भएका रंग फिनिश, फरक फरक प्रकाशमा नाटकियरुपमा परिवर्तित हुन्छ ।

गाढा रातो मार्वेल्स एभेन्जर्स लोगोले नीलो ब्याकग्राउण्डलाई छेक्दै आकर्षक रातो–नीलो रंगको प्रस्तुति मात्र नभइ फोनको दुबै तर्फ रहेका रातो स्विट्चलाई आकर्षक प्रस्तुति समेत दिन्छ ।

फोनको पछाडि रहेको ठूलो कट लोगो र क्यामेरा माथि रहेको सानो पूर्ण लोगोले फोनलाई अझ आकर्षक र प्रिमियम लुक्स प्रदान गर्छ ।

फोनको अघिल्तिर कम्पनीले निकै आकर्षक पानोरामिक स्क्रिन उपलब्ध गराएको छ । फोनलाई अन गर्दा यसमा प्रस्तुत हुने वालपेपरमा रहेको चहकिलो मार्वेल्स एभेन्जर्स लोगोले सहजै जो–कसैलाई अकर्षित गर्छ ।

लिमिटेड ईडिशन अन्तर्गतका हरेक फोनमा क्याप्टेन अमेरिकामा आधारित केसको प्रयोग गरिएको छ । यो केसले हातमा बोक्दा सहजता मात्र नभइ फोनलाई अतिरिक्त सुरक्षा र टिकाउपन पनि प्रदान गर्छ ।

फोनको केन्द्रमा रहेको फिञ्गर रिंग क्याप्टेन अमेरिकाको प्रतिकात्मक शिल्डबाट अभिप्रेरित रहेको छ । हेर्दा सुन्दर देखिनुका साथै यसले प्रयोगकर्तालाई भिडियो हेर्दा सहजताका साथै हातबाट फोन झर्ने सम्भावना न्यूनीकरणमा समेत सघाव पु¥याउँछ ।

एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशनको प्याकेजिङपनि विशेष डिजाइन तथा क्राफ्टेड प्रिमियम ब्ल्याक कलरमा उपलब्ध गरिएको छ ।

कालो थर्मो प्रिण्टेड मार्वेल्स एभेन्जर्स लोगो निकै आकर्षक र प्रिमियम देखिन्छ। त्यसैगरी, हरेक बक्समा कलेक्टर्स तथा ईच्छुकका लागि स्ट्याम्प्ड कलेक्टर्स ब्याड्ज पनि उपलब्ध गरिएको छ ।

ओप्पो एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिसन फोनको मूल्य ४९ हजार ९ सय ९० रुपैयाँनिर्धारण गरिएको छ । फोनको उपलब्धता स्टक सिमित रहुन्जेल मात्र हुने कम्पनीले जानकारी दिएको छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस