महालक्ष्मी विकास बैँकद्वारा सहयोग स्वरुप कृत्रिम हात वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको विरगंज शाखाले  विर्ता, विरगंज स्थित त्रिजुद्ध रघुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरी विभिन्न दुर्घटनामा परेर हात गुमाएका व्यक्तिहरुलाई कृत्रिम हातहरु हस्तान्तरण गरेको छ ।

सोका लागि बैंकले रोटरी क्लब विरगंज शाखासँग समन्वय गरी करिब रु. ३०,०००÷ (अक्षरेपी तीस हजार मात्र) बराबरको १५ थान हातहरु वितरण गरेको हो ।

लाभान्वित व्यक्तिहरुले अब उपरान्त उक्त हातको माध्यमले सहायता बिना नै खाने, केही वस्तु समात्ने जस्ता कार्यक्रहरु सजिलै गर्न सक्ने जानकारी दिँदै बैंकले उनीहरुको दैनिकी निकै नै सहज बन्ने अपेक्षा गरेको छ । बैंकले आगामी दिनहरुमा पनि स्थानीय हितका लागि अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड प्रभु बैंकलाई

काठमाडौं । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ प्रभु बैंक लिमिटेडले जितेको छ । प्रभु बैंकले …

प्रतिकृया दिनुहॊस