काठमाडौं । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरिएको छ । सोमबार होटल सोल्टीमा एक कार्यक्रमका बीच निर्माण टिमले नाटकीय शैलीमा घोषणा गरिएको छ ।
सो अवसरम कलाकार केकी अधिकारी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले प्रहसन मार्फत रमाइलो गराएका थिए ।शहरमा हुर्किएकी एक युवती र सोझो केटाको कथा रहेको फिल्मको दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेकी छन् ।
फिल्ममा केकी र दीपकराज जोडीको रूपमा देखिदै छन्,भने केदार र जितुको पनि मुख्य भूमिका रहने कार्यक्रममा जानकारी दिईयो । केही कलाकार छनौटको क्रममा रहेको निर्देशक लामाले जानकारी दिए ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहनेछ ।
दीपकराजको टिमले मुनाफाको ५० प्रतिशत लैजाने सर्तमा काम गर्न लागेका हुन् ।
जेठ पहिलो साताबाट छायांकन सुरु हुने फिल्मलाई हरि हुमागाइँले खिच्नेछन् । रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफीफिल्ममा रहनेछ ।
निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराज, संवादमा दीपकका साथमा केदार, जितु र अभिमन्यू निरबीको रहेको छ । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।
प्रतिकृया दिनुहॊस