सेवाग्राहीसँग घुस लिँदै गर्दा वडाध्यक्ष पक्राउ

सप्तरी । सेवाग्राहीसँग घुस लिँदै गर्दा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । काम गराइदिने भन्दै सेवाग्राहीसँग लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई पक्रेको हो ।

मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको अवस्थामा मियाँलाई रंगेहात पक्राउ गरेको छ ।

काठको व्यवसाय गर्दै आएका मियाँ स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले …

प्रतिकृया दिनुहॊस