जिडिपीमा विद्युत क्षेत्रको योगदान १.२५ प्रतिशत, १२.४० प्रतिशतले मूल्यवृद्धि हुने

काठमाडौं । सरकारले कूल गार्हस्थ उत्पादन (जिडिपी) मा विद्युत क्षेत्रको योगदान १.२५ प्रतिशत बढ्ने अनुमान गरेको छ । पछिल्ला वर्षमा विद्युत उत्पादनसँगै खपत पनि बढिरहेको आधारमा यस्तो अनुमान गरिएको हो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्ष ९आव २०७५/७६० मा जिडिपीमा विद्युत, ग्यास र पानीको योगदान १.२५ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यस्तै, गत आव (आव २०७४/७५) को तुलनामा यस क्षेत्रको कूल मूल्यवृद्धि १२.४० प्रतिशतले बढ्ने प्रक्षेपण छ । गत आवको तुलनामा चालू आवमा विद्युत उत्पादन वृद्धि भएका कारण मूल्य अभिवृद्धि बढ्ने विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार चालू आवमा २२ मेगावाटको बागमती लगायत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिनुका साथै फागुन र चैतको वर्षाले आन्तरिक उत्पादन बढेको तथा भारतबाट हुने आयात कटौती भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली जलविद्युत्‌मा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौं । नेपालको जलविद्युत्‌मा लगानी गर्न क्यानडाका लगानीकर्तासमक्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ । नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म तीन हजार मेगावाट मात्रै विद्युत् उत्पादन भएको भन्दै लगानीको लागि क्यानडाका लगानीकर्तासँग इप्पानले आग्रह गरेको हो ।

प्रतिकृया दिनुहॊस