अमेरिकाको यहुदी प्रार्थनास्थलमा गोली प्रहारः १ जनाको मृत्यु , केही घाइते

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियास्थित यहुदीहरुको एक प्रार्थना स्थलमा शनिबार बिहान (नेपाली समय अनुसार गएराति) एक व्यक्तिले गोली प्रहार गर्दा १ महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।  प्रार्थनास्थलको रुपमा रहेको सो भवनमा भएको आक्रमणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घृणाको अपराध भएको बताएका छन् । सुरक्षा निकायले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ ।
६ महिना अघि पिटसबर्गमा पनि यहुदीहरुको प्रार्थनास्थलमा  आक्रमण हुँदा ११ जना मारिएका थिए । गोली लागेकी महिलालाई स्थानीय पालोमर अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको  थियो ।  अन्य तीनजनाको अवस्था स्थिर रहेको बताइएको छ । आक्रमणकारी जोहन टी अर्नेस्ट नामका १९ वर्षीय युवक हुन् । उनी एकाएक पोवे भन्ने स्थानमा पुगेर अचानक गोली प्रहार गर्न थालेका थिए । ती व्यक्ति सान डिएगोका हुन् ।

उनले एउटा घोषणापत्रपनि सामाजिक सञ्जालमा राखेको प्रहरीले जनाएको छ । त्यसको सुरक्षा निकायले अध्ययन गरिरहेको बताइएको छ । घाइते हुनेमा एक महिला र अरु दुई पुरुष छन् । ती मध्ये १ जना यहुदी धार्मिक गुरुपनि हुन् ।  घटना बिहानको ११ः३० बजे भएको थियो । विभिन्न समाचार एजेन्सीहरुले केही समय यता धार्मिक स्थलमा भइरहेका आक्रमणलाई जोडेर समेत अमेरिकाको समाचार उल्लेख गरेका छन् । पछिल्ला दिनमा न्यूजील्याण्ड र श्रीलंकामा धार्मिक स्थलमा आक्रमण गरिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस