सबैभन्दा धेरै पूँजी भएको निर्धन उत्थानको नाफा ३२% ले बढ्यो, प्रतिशेयर आम्दानी ५८ रुपैयाँ

काठमाडौं। सबैभन्दा धेरै चुक्ता पूँजी भएको निर्धन उत्थानले गत वर्षको तुलनामा ३२ प्रतिशतले नाफा बृद्धि गरेको छ। संस्थाले चैत्र मसान्तसम्ममा ५२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। खुद व्याज आम्दानी भने २२ प्रतिशतले सुधार गर्दै एक अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी ९४ करोड ६५ लाख रुपैयाँ थियो।

संस्थाले १५ प्रतिशत बरोइङ र ३० प्रतिशत निक्षेप संकलनमा बृद्धि गरेको छ। कर्जा लगानी भने २५ प्रतिशलते सुधार भएको छ। संस्थाले चैत्रसम्ममा १० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन र ७ अर्ब २६ करोड रुपैयाँ बरोइङ गर्दै १८ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ३८ करोड रुपैयाँ जम्मा गरेको छ। कर्जा विस्तार सँगै संस्थाको पूँजी कोष अनुपात १२.१३ प्रतिशत बाट ११.८६ प्रतिशतमा खुम्चिएको छ। प्रतिशेयर आम्दानी ५ रुपैयाँले सुधार भएर ५८ रुपैयाँ पुगेको छ। कस्ट अफ फण्ड ०.२२ प्रतिशत विन्दुले बढेर ८.६७ प्रतिशतमा झरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds