यसकारण हुन्छ भिजन सिन्ड्रोम

काठमाडाैँ । कम्प्युटरका कारण आँखामा देखिने समस्यालाई कम्प्युटर भिजन सिन्ड्रोम पनि भनिन्छ । हिजोआज बच्चादेखि वृद्धसम्म सबैमा यस्तो समस्या देखिने गरेको छ । उनीहरूको दैनिकी मोबाइल, ल्यापटप, कम्प्युटर र टेलिभिजनसँग बित्ने गरेको छ ।

यस्ता इलेक्ट्रोनिक सामग्रीसँग बढी समय बिताउँदा यसले आँखालाई कमजोर पार्दै लैजान्छ । कम्प्युटरमा लामो समय लगातार काम गर्ने पत्रकार, बैंकर्स र कर्मचारीलगायतमा पनि आँखा पोल्ने र दुख्ने समस्या देखिन थालेको छ ।

-कम्प्युटरमा भिडियो गेम खेल्ने बालबालिकालाई पनि आँखा र टाउको दुख्ने समस्या निम्तिन्छ । कम्प्युटरमा बढी नजिक बसेर गेम खेल्दा र हेर्दा आँखाको शक्तिको बढी प्रयोग हुन्छ । जसले गर्दा सानै उमेरमा पनि चस्मा लगाउनुपर्ने बाध्यात्मक परिस्थिति निम्तिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds