काभ्रेमा महिला मृतावस्थामा फेला

बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरका अन्य परिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुलाललाई हिजो दिउँसो घरको कोठामा नै मृतावस्थामा फेला पारेको हो । उनको घाँटीमा सानो डोरीको डाम बसेको, उतानो अवस्थामा फेला पारेको र उनका श्रीमान् फरार रहेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महीनासम्म सुधार केन्द्रमा राखेर डेढ महीना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका दुलालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री