हुम्ला । ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आठ जनाको मृत्यु भएको छ । रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन्। गाउँपालिकाको मैला, मदान, दर्जो गाउँमा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या आठ जना पुगेको हो।
बिरामीलाई वाकवाकी लाग्ने, टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने गरेको स्थानीयले बताएका छन्। बिरामीको उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको स्थानीयको भनाइ छ।
ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि र स्वाथ्यकर्मी नभएकाले उपचारमा समस्या भएको विरामीको संख्या बढेको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताएका छन्। अध्यक्ष मल्लका अनुसार अहिले संक्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्यकर्मीलाई कार्यक्षेत्र नछोड्न पनि निर्देशन दिएको बताए।
यस्तै, औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटना स्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लको भनाइ छ।
प्रतिकृया दिनुहॊस