सानिमा बैंकको नाफा ३०.७५ प्रतिशतले बढ्यो

काठमाडाैँ । ८ अर्ब १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सानिमा बैंकले चालु आथिृक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ३० दशमलव ७५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ अर्ब २० करोड ४७ लाख रुपैयाँ कमाएको थियो ।

निक्षेप तथा कर्जा
चालु आथिृक वर्षको समिक्षा अवधिमा बैंकले ८५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन ७९ अर्ब १३ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेपमा १० दशमलव ३८ प्रतिशतले बढी हो भने कर्जामा १७ दशमलव ९१ प्रतिशतले बढी हो ।

ब्याज तथा आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ३९ दशमलव ४६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २९ दशमलव ०७ प्रतिशतले बढेर २ अर्ब २४ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

सुचकहरु
बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ १२ सय ९० रुपैयाँ २६ पैसा, तरलता अनुपात २१ दशमलव ५७ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ९७ प्रतिशत, आधार ब्याजदर ९ दशमलव ३१ प्रतिशत र कोषको लागत ७ दशमलव २९ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘८% नबिल डिवेन्चर २०८९’को निष्काशनको लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा …

प्रतिकृया दिनुहॊस