काठमाडाैँ । २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको ओम डेभलपमेन्ट बैंक चालु आथिृकले तेस्रो त्रैमासमा खुद मुनाफा ३४ करोड ७३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ३० दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा २६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २४ अर्ब ७९ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोह अवधिको तुलनामा बैंकले निक्षेप तथा कर्जा दुवैमा वृद्धि गरेको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ४४ दशमलव ५२ प्रतिशतले बढेर ७७ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३३ दशमलव ६६ प्रतिशतले बढेर ५४ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ४१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४५ दशमलव ७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १० दशमलव ७० गुणा र तरलता अनुपात २४ दशमलव ०८ प्रतिशत रहेको छ ।




