पक्षघातपछाडि फिजियोथेरापीले जीवन परिवर्तन गर्न सक्छ : डा.प्याट्रिसिया ।

ललितपुर । काठमाण्डौ विश्वविद्यालय मेडिकल स्कुलकि प्राध्यापक डा.प्याट्रिसिया इ सुलिभनको उपस्थितीमा नेपाल मेडिसिटी अस्पतालमा पक्षघात तथा कम्मर पछाडिको दुखाइका लागि फिजियोथेरापी विषयक विशेष अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको छ ।

करिब ५० भन्दा बढि फिजियोथेरापिष्ट सहभागि रहेको सो कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीहरुले समेत सहभागिता जनाएका छन् । विभिन्न राष्ट्र तथा क्षेत्रकि अनुभवी डा.प्याट्रिसियाले चेतनामूलक कार्यक्रमहरुमा सहभागिता जनाउने क्रममा नेपाल मेडिसिटी अस्पतालमा भने पक्षघात तथा कम्मर पछाडिको भागलाई आवश्यक पर्ने फिजियोथेरापी सम्बन्धि प्रशिक्षण दिनुभएको छ ।

नेपाल मेडिसिटी अस्पतालको फिजियोथेरापी विभागकि प्रमुख डा.मञ्जु ज्ञवालीले यस प्रशिक्षण कार्यक्रमले धेरै सहयोग पुगेको बताउनु भएको छ ।

वहाँले यस कार्यक्रमले फिजियोथेरापिष्टहरुलाई धेरै टेवा पुगेको प्रतिक्रिया दिनुभएको छ । त्यस्तै, सहभागीहरुले कार्यक्रममा सहभागी भई लाभान्विन भएको अनुभव साटेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानविय परम्परागत मान्यता रहेको गुनासो गरे ।

प्रतिकृया दिनुहॊस