ज्योति लाईफद्धारा मृतकको परिवारलाई दाबी बापतको १५ लाख ३७ हजार ५ सय हस्तान्तरण

काठमाडौं ।  ज्योति लाईफ इन्स्योरेन्सले मृत्युुदाबी रकम हस्तान्तरण गरेको छ । पोखरा २२ पुम्दीकी मृतक बीमित सरस्वती ढकाल बरालको परिवारलाई कम्पनीले घरमा पुगेर मृत्युदाबी भुक्तानी गरेको हो ।

कम्पनीका क्षेत्रीय निर्देशक रामजी बराल र वडाध्यक्ष मित्रलाल बरालले संयुक्त रुपमा १५ लाख ३७ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेका  छन्।

कम्पनीका अनुसार मृतक बीमित सरस्वतीले २०७५ वैशाखमा १५ लाख बराबरको ज्योति अग्रिम भुक्तानी जीवन बीमा गरेकी थिइन् । उनको सामान्य अवस्थामा मृत्यु भएकोले बीमांक बराबरको रकम प्रदान गरिएको हो ।

उनले छोरीको नाममा समेत १२ लाख ५० हजारको ज्योति सुनौलो बाल भबिस्य जीवन बीमा आफू प्रस्तावक बनेर गरेकाले उनको मृत्यु भएकाले २० वर्षसम्म बीमांक रकमको बराबरको रकम १२ हजार ५ सय प्रत्येक महिना प्रदान गरिने कम्पनी का क्षेत्रीय निर्देशक बरालले बताए ।

बीमक सरस्वतीले बीमा शुल्क बापत १ लाख ९२ हजार ८ सय ३५ मात्र बुझाएकी थिइन् । अब बीमा शुल्कसमेत मिनाहा भएको छ । सरस्वतीको अभिकर्ता अर्जुन बरालले बीमा गराएका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप