लुम्बिनी बैंकको नाफा बढ्यो

काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले जारी गरेको वित्तीय विवरण अनुसार यो अवधिमा ३४ करोड ३४ लाख ९१ हजार रुपैयाँ मुनाफा कमाएको छ ।

जुन गत आवको सोहि अवधिको तुलनामा ८६.२६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकले १८ करोड ४४ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।यस्तै बैंकले चालुे आवको तेस्रो त्रैमासमा आईपुग्दा ७३ करोड २४ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ३७.०१ प्रतिशतले बढी हो ।

गत आवको तेस्रो त्रैमासमा ५३ करोड ४५ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंकले यो अवधिमा ४९ करोड २१ लाख २६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि आवधिको तुलनामा १६८.१९ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा १८ करोड ३४ लाख ९३ हजार रुपैयाँबाट सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

२ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड ५४ लाख ७७ हजार रुपैयाँ रहेको छ । २४ अर्ब ३५ करोड ४५ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरेर बैंकले २२ अर्ब ३६ करोड २७ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा अगत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा घटेर २.१३ प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा २.५९ प्रतिशत रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस