नेपाल बैंकले दियो त्रिभुवन बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकिङ तालिम

काठमाडाैँ ।  नेपाल बैंकको पाल्पा शाखाको आयोजनामा त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्नातक तहका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम प्रशिक्षहरुमा पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरे, सहायक शाखा प्रबन्धक बन्दना श्रेष्ठ र सहायक सावित्रा पौडेल एवम् महेश पाण्ड रहेका थिए ।

उक्त कार्यक्रमबाट विद्यार्थीले वित्तीय साक्षरता, बैंकिग इतिहांस र प्रडक्टहरु तथा व्यवस्थापनका विद्यार्थीहरुका लागि बैंकिग क्षेत्रमा अवसर तथा चुनौति विषयमा जानकारी हासिल गरेका थिए ।

कार्यक्रममा करिब २ सय जना विद्यार्थीको उपस्थिति रहेको थियो ।कार्याक्रममा सहायक क्याम्पस प्रमुख युवराज पौड्यालले कार्यक्रमको सफलताको सुभकामना व्यक्त गरेका थिए ।

नेपाल बैंक, प्रादेशिक कार्यालयका प्रमुख पासाङ् दोर्जे शेर्पाले नेपाल सरकारले चालेको वित्तीय साक्षरता र वित्तीय समावेशिकरको अभियानमा सहायोग पु-याउन नेपाल बैंकको प्रदेश नम्बर ५ सदैव अग्रसर रहेको हुंदा वित्तीय साक्षरताको आवश्यकता ठानेमा जुनसुकै स्कुल, कलेज, गाउँपालिका, नगरपालिकामा गई कार्यक्रम गर्न नेपाल बैंक आतुर रहेको कुरा व्यक्त गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस