काठमाडौं । शिवम् सिमेन्ट्सको तेस्रो वािर्षक साधारणसभा सोमबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतमा सम्पन्न साधारणसभाले विभिन्न निर्णय गरेको छ ।
साधारणसभामा अध्यक्ष गोयलले सर्वसाधारण शेयरधनीले समेत प्राप्त गर्ने गरी १५ प्रतिशत (कर बाहेक) का दरले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ लाभांस बाँड्ने प्रस्ताव पेस गरेका थिए ।
साथै उनले आर्थिक वर्ष २०७४/७५ मा वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका विवरण र आर्थिक वर्ष २०७५/७६ को आय-व्ययको लेखापरीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पेश गरेका थिए । यी सबै प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।
यस्तै आ. व. २०७५।०७६ को आयव्ययको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
तपाईंको प्रतिकृया




