लिबियामा हिंसा, २०५ जनाको मृत्यु, एक हजार घाइते

काठमाडाैँ । लिबियाको राजधानी त्रिपोलीमा चर्किएको हिंसामा २०५ जनाको मृत्यु भएको छ। लिबियाली सेना र विद्रोही सेना लिबियन नेसनल आर्मीबीच जारी संघर्षमा ठूलो संख्यामा मानिसको ज्यान गएको हो।  विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले  ट्वीट गर्दै यसबारे जानकारी गराएको छ। डब्ल्युएचओका अनुसार त्रिपोली कब्जा गर्न सरकारी सेना र विद्रोही सेनाबीच दुई हप्तादेखि संघर्ष जारी छ। दुई पक्षबीचको संघर्षका क्रममा हालसम्म करिब एक हजार मानिस घाइते भएका छन्।

लिबियाली शासक मुअम्मर गद्दाफीको मृत्यु भएपछि देशमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार र विद्रोहीबीच संघर्ष जारी रहेको छ। विद्रोही पक्षले समानान्तर सरकार गठन गरेर आफूहरु आधिकारिक भएको दाबी गर्दै साबिकको राजधानी त्रिपोली कब्जा गर्ने तयारी गरेपछि द्वन्द्व चर्किएको हो।  यसैबीच भारतले लिबियामा रहेका आफ्ना नागरिकलाई सुरक्षित रूपमा भारत फर्काउने पहल सुरु गरेको छ। एक हेल्पलाइन नम्बर जारी गर्दै भारतले नागरिकलाई भारत फर्काउने कोशिस गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री