नबिल ब्यालेन्स फन्ड–२ योजना सार्वजनिक

काठमाडौं । नविल बैंकले पूँजी बजारमा सामूहिक लगानीका लागि ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको छ ।

पूँजी बजारमा लगानी गर्न समस्या भईरहेका बेला सो बैंकले ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो फण्डका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले पूँजी बजारमा लगानीको अभाव हुन नदिन सो योजना ल्याइएको स्पष्ट पारे ।

यो योजनाका लागि बिहीबारबाट आवेदन माग गरिएको छ । माग गरिएको योजनाको रकम भन्दा बढि रकमका लागि आवेदन प्राप्त भएमा छिटोमा यही वैशाख ९ गते भित्र निष्काशन कार्य बन्द गरिने पनि फन्डले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले यस योजनामा न्यूनतम १ हजारदेखि अधिकतम १२ करोडसम्म लगानी गर्न सक्ने व्यवस्था पनि गरिएको फन्डका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

यस योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले आफ्नो सेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछन र विवरण पुस्तिका प्राप्त गर्न नविल बैंकको तोकिएको शाखा कार्यालयहरु वा नबिल इन्भेष्टमेन्ट बंैकिंङ लिमिटेडको कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds