प्रभु बैंकको “प्रभु चेतना बचत खाता” संचालनमा

काठमाडाैँ । प्रभु बैंकले “प्रभु चेतना बचत खाता” संचालनमा ल्याएको छ । सबै नेपालीहरुलाई बैंकिङ प्रणाली भित्र अटाउने उद्देश्यका नेपाल सरकारले शुभारम्भ गरेको “खोलौं बैंक खाता अभियान, २०७६”अभियानसँग ऐक्यवद्धता जनाउँदै प्रभु बैंकले उक्त खाता सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकारको “खोलौं बैंक खाताअभियान, २०७६”भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले सञ्चालनमा ल्याएको हो । खातामा बैंकको तर्पmबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ ।

यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता”अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds