आर्सनलले नापोलीलाई हरायो

एजेन्सी । युरोपा लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा प्रिमियर लिग क्लब आर्सनलले सिरि ए क्लब नापोलीलाई हराएको छ । बिहिबार राति भएको खेलमा लण्डन क्लबले ईटालियन क्लबलाई २–० ले हराएको हो ।

आर्सनलको जितमा आरोन राम्सीले एक गोल गरे । अर्को एक गोल लण्डन क्लबले आत्मघाति रुपमा उपहार पाएको थियो । राम्सीले १४ औ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

ईमिरेट्स स्टेडियममा २५ औ मिनेटमा कालिदै कौलीबलीले आत्मघाति गोल गरेपछि लण्डन क्लब २–० ले अघि बढेको थियो । पहिलो लेगको खेलमा २–० को अग्रता लिएपनि आर्सनलका मुख्य प्रशिक्षक उनाई एमरीले खेल अझै ५०–५० प्रतिशतमा रहेको बताए ।

‘पहिलो लेगमा नतिजा आउनु साह्रै राम्रो हो ।’ उनले भने, ‘हामी जितका लायक थियौ । तर जब हामी उनीहरुको मैदानमा जानेछौ । निकै गाह्रो हुनेछ ।’

नापोलीका प्रशिक्षक कार्लोस एन्सेलोटीले आफुहरु अन्तिम चारमा पुग्नेमा अझै आशावादी रहेको बताए । ‘नतिजा परिवर्तन गर्न गाह्रो छ । तर अझै हामीसंग ९० मिनेटको समय बाँकी छ ।’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस

This will auto close after