चेल्सीको संघर्षपुर्ण जित

एजेन्सी । युरोपा लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा चेल्सीले संघर्षपुर्ण जित निकालेको छ ।

बिहिबार राति भएको खेलमा चेल्सीले चेक टोली स्लाभिया प्रागलाई १–० गोल अन्तरले हराएको हो ।

चेल्सीको जितमा एक मात्र गोल एलान्सोले गरे । खेल सकिन चार मिनेट बाँकी छदाँ विलियनको क्रसमा उनले गोल गरेका थिए ।

प्रागको घरेलु मैदानमा चेल्सी लयमा देखिन निकै संघर्षरत देखिन्थ्यो । मुख्य खेलाडी ईडेन हजार्डलाई लण्डन क्लबले बेन्चमा राखेको थियो ।

दोस्रो लेगको खेल अप्रिल १८ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री