राजस्थानमाथि चेन्नईको रोमान्चक जित

एजेन्सी । शीर्ष स्थानको चेन्नई सुपर किङ्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ  ।

बिहिबार भएको रोमान्चक खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित चेन्नईले छैटौं जित निकालेको हो  ।

जयपुरस्थीत सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ्स खेले । धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाए । मात्र २४ रन जोड्दा ४ विकेट गुमाईसकेको चेन्नईका लागि धोनी र रायडुले उकासेका थिए ।

यस्तै मिचेल स्टाननरले अविजित १० तथा रविचन्द्र आश्विनले अविजित ९ रन बनाए ।

राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए ।

यस टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ गुमाएर १५१ रन बनाएको थियो ।

राजस्थानका लागि बेन स्टोक्सले २८ रन जोड्दा जोस बट्लरले २३ रन जोडे । यस्तै रियन परागले १६ , स्टिभ स्मिथले १५ तथा कप्तान अजिंका रहानेले १४ रन बनाए ।

श्रेयस गोपाल १९ रनमा अविजित रहदा जोफ्रा आर्चरले अविजित १३ रन बनाए । चेन्नईका रविचन्द्र आश्विन,सार्दुल ठाकुर र दिपक चाहरले समान २/२ विकेट लिए ।

जितसंगै शीर्ष स्थानको चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

योसंगै चेन्नईले यस सिजन राजस्थानलाई लगातार दोस्रो भेटमा पराजित गरेको छ । पहिलो भेटमा चेन्नईले राजस्थानलाई ८ रनले हराएको थियो ।

यस्तै राजस्थानलाई पराजित गरेसंगै कप्तान धोनी आईपीएल क्रिकेटको इतिहास १ सयौं जित निकाल्ने पहिलो कप्तान बनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस